दफा ५७
दण्ड सजाय
०(१) कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा खास बाटोबाट मात्र निकासी वा पैठारी गर्न पाउने गरी दफा ३ बमोजिम बाटो तोकिएकोमा सो बाटो बाहेक
अन्यत्रबाट निकासी वा पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
(१क) उपदफा (१) बमोजिमको कसूरको बिगो दश लाख रुपैयाँसम्म भएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी मालवस्तुको बिगो बमोजिम जरिबाना गर्न सक्नेछ ।
(१ख) उपदफा (१क) बमोजिम जफत हुने मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो सवारी साधन धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने भन्सार अधिकृतले त्यस्तो सवारी साधन जफत गरी सो को धनीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । सवारी साधनको धनीको सहमति वा जानकारी बिना सवारी चालकले जानाजानी त्यस्तो मालवस्तु ढुवानी गरेको रहेछ भने त्यस्तो चालकलाई भन्सार अधिकृतले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(१ग) उपदफा (१) बमोजिमको कसूरको बिगो दश लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म भएमा त्यस्तो मालवस्तु जफत भई मालवस्तुको बिगो बमोजिम जरिबाना र देहाय बमोजिमको कैद सजाय हुनेछ:-
(क) दश लाख रुपैयाँभन्दा बढी पच्चीस लाख रुपैयाँसम्मको बिगोमा एक महिनासम्म,
(ख) पच्चीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्मको बिगोमा एक महिनादेखि तीन महिनासम्म,
(ग) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको बिगोमा तीन महिनादेखि एक वर्षसम्म ।
(१घ) उपदफा (१) बमोजिमको कसूरको बिगो एक करोड रुपैयाँभन्दा बढी भएमा त्यस्तो मालवस्तु जफत गरी मालवस्तुको बिगो बमोजिम जरिबाना र देहाय बमोजिमको कैद सजाय हुनेछः-
(क) एक करोड रुपैयाँभन्दा बढी तीन करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म,
(ख) तीन करोड रुपैयाँभन्दा बढी बिगोमा तीन वर्षदेखि पाँच वर्षसम्म ।
(२) उपदफा (१ग) वा (१घ) बमोजिम जफत हुने मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने ७सम्बन्धित भन्सार अधिकत वा जिल्ला अदालतले त्यस्तो सवारी साधन. जफत गरी निजलाई एक वर्षसम्म कैद गर्न सक्नेछ । सवारी साधनको धनीको सहमति वा जानकारी बिना सवारी चालकले जानाजानी त्यस्तो मालवस्तु ढुवानी गर्न सो सवारी साधन प्रयोग गरेको रहेछ भने त्यस्तो चालकलाई ७सम्बन्धि भन्सार अधिकृत वा जिल्ला अदालतले पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्न मद्दत गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई &भन्सार अधिकृत वा जिल्ला अदालतले कसूरदारलाई सरह सजाय गर्न सक्नेछ ।
(४) कसैले चोरी निकासी वा चोरी पैठारीको मालवस्तु लुकाएमा वा जानाजानी राखेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी निजलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(५) कुनै निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार तथा गुणस्तर सही भए पनि परिमाण घटी गरी घोषणा गरेमा भन्सार
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी परिमाण घटी घोषणा गरिएजति मालवस्तुको मूल्यको शतप्रतिशत जरिबाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
(६) कुनै निकासीकर्ता, पैठारीकर्ता बा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर एवं परिमाण सही भएपनि उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुमा लाग्ने ०भन्सार महसुलको पच्चीस प्रतिशत रकम जरिबाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
(७) कुनै निकासीकर्ता वा भन्सार एजेन्टले निकासी हुने मालवस्तुको वास्तविक परिमाणभन्दा बढी परिमाण घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई: त्यसरी बढी घोषणा गरिएजति मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिबाना गरी सो व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरी जाँचपास गर्न सक्नेछ ।
(८) कुनै निकासीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै विवरण फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी त्यस्तो मालवस्तुको धनीलाई बिगो बमोजिम जरिबाना गर्न सक्नेछ ।
(९) पैठारीकर्ता वा भन्सार एजेन्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै मालवस्तु घोषणा नै नगरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुको मूल्य बराबर जरिबाना गरी सो मालवस्तु जफत गर्न वा निजबाट सो मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिबाना र लाग्ने महसुल असुल गरी त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
(१०) कसैले भन्सार कार्यालयमा जालसाजी, कीर्ते वा नक्कली कागजात पेश गरी महसुल वा राजस्वमा हानि नोक्सानी पुन्याएमा वा पुच्याउन प्रयत्न गरेमा त्यसरी हानि नोक्सानी पुच्याएको वा पुच्याउने प्रयत्न गरेको महसुल वा राजस्व रकमको दुई सय प्रतिशत जरिबाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय भन्सार अधिकृतले गर्न सक्नेछ र सरकारी कागजात कीर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(११) कुनै मालवस्तु धनीले वा निजको एजेन्टले मालवस्तु चोरी गर्ने वा सो मालवस्तुमा नोक्सानी पुन्याउने मनसायले कुनै भन्सार गोदाम वा सो गोदाममा रहेको मालवस्तु कुनै प्रकारले खोलेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(१२) कसैले भन्सार गोदाममा रहेको मालवस्तु भन्सार कार्यालयको स्वीकृतिवेगर गोदामबाट हटाएमा वा लगेमा भन्सार अधिकृतले निजलाई बिगो बमोजिम जरिबाना र छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(१३) कसैले भन्सार कार्यालयको कार्यसम्पादनमा प्रयोग गरिएको प्रज्ञापनपत्र वा लिखतको खास कुरो झुट्टो हो भनी जानाजानी लेखेमा, सहीछाप गरेमा वा प्रयोग गरेमा वा भन्सार कार्यालयको कार्यसम्पादनमा भन्सार अधिकृतले सही गरेको वा छाप लगाएको लिखत, लाहा वा सीलछ्लाप, दस्तखत वा अरु कुनै चिन्ह वा संकेतलाई कीर्ते गरेमा वा बदलेमा वा नष्ट गरेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ र सरकारी कागजात कीर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(१४) भन्सार गोदाममा रहेका मालवस्तु जिम्मा रहेको कर्मचारी वा व्यक्तिले त्यस्तो मालवस्तु लापरवाहीपूर्वक हराएमा वा जानाजानी नोक्सानी गरेमा भन्सार अधिकृतले निजबाट सो मालवस्तुको मूल्य र लाग्ने महसुल असुल गरी निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(१५) अनधिकृत कर्मचारीले भन्सार गोदाममा रहेको मालवस्तु हटाएमा वा हटाउने आदेश दिएमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(१५क) दफा ३४ बमोजिम परीक्षण गर्ने प्रयोजनका लागि माग गरेका हिसाब, कर विवरण, बीजक तथा कागजात तोकिएको समयमा उपलब्ध नगराउने निकासीकर्ता वा पैठारीकर्तालाई महानिर्देशक वा भन्सार परीक्षकले पटकैपिच्छे दश हजार -रुपैयाँजरिबाना गर्न सक्नेछ ।
(१६) दफा ७० बमोजिम पुनरावलोकन गर्दा मालवस्तुको धनीले नक्कली बील बीजक वा कागजात पेश गरेको कारणले भन्सार महसुलमा फरक पर्न गएको देखिएमा भन्सार अधिकृतले निजलाई भन्सार कार्यालयबाट छुटाई लगेको मालवस्तुको बिगोको दुई सय प्रतिशत जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(१७) कसैले यस दफामा लेखिएकोदेखि बाहेक यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत कार्य गरेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(१८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसूर गरेमा यस दफामा अन्यत्र उल्लिखित जरिबाना र महसुलका अतिरिक्त त्यस्तो मालवस्तुको मूल्यको तीन सय प्रतिशत थप
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । जरिबाना असुल गरी मालवस्तु छाडिदिने वा त्यस्तो मालवस्तु जफत गरी सो मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिबाना गरिनेछः-
(१) दफा २० को उपदफा )२ (को खण्ड )क(, (ख (वा )ग ( बमोजिम जाँचपास भएका मालवस्तु पैठारीकर्ताले भन्सार क्षेत्रबाट उठाई लैजानुअघि वा भन्सारक्षेत्र बाहिर लगिसकेपछि अधिकारप्राप्त अधिकारीले पुनः जाँच गर्दा पैठारीकर्ताले घोषणा गरेको भन्दा मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, गुणस्तर तथा परिमाणमा फरक पाइएमा,
(२) दफा ८९च. बमोजिम आन्तरिक परिवहन गर्ने कन्टेनरमा लगाइएको भू (जीपीएस) मण्डलीय स्थिति निर्धारण प्रणाली जडित ताला तथामालवस्तु चलान भएको स्थानमा लगाइएको सिलसिलेवार नम्बर सहितको सिल दुरूस्त नभएमा ।
३(१ ८ठक)काबु बाहिरको परिस्थिति बाहेक दफा ८९च. बमोजिम आन्तरिक परिवहनको लागि तोकिएको सडक मार्ग प्रयोग नगरेमा वा तोकिएको समयावधिभित्र तोकिएको भन्सार कार्यालयमा नपुगेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गरिनेछ ।
(१९) उपदफा (१८) बमोजिम सजाय पाएको पैठारीकर्ताले पुनः निकासी तथा पैठारी सम्बन्धी कार्य गर्न नपाउने गरी विभागले कारोबार रोक्का गर्न सक्नेछ ।
(२०) कुनै व्यक्तिले यस ऐन वा अन्य प्रचलित ऐन बमोजिम पूर्ण वा आंशिक भन्सार महसुल छुट वा सुविधामा पैठारी गरेका मालवस्तु, जुन उद्देश्यले पैठारी गरेको हो त्यस्तो उद्देश्य विपरीत प्रयोग वा बिक्री गरेको वा छुट वा सुविधा नपाउने व्यक्तिले आंशिक भन्सार महसुल छुट वा सुविधामा कुनै मालवस्तु पैठारी गरेको पाइएमा भन्सार अधिकृत वा भन्सार परीक्षकले त्यस्ता मालवस्तुको भन्सार मूल्यको शत प्रतिशत जरिबाना गर्न सक्नेछ ।